• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      एक हजार ५०० पिन्ट रगत खपत, बिरामीलाई राहत   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)
    blood-696x465

    Advertisement

    टीकापुर  : नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा एक हजार ५०० पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो । यसमध्ये केही पिन्ट रगत अन्य अस्पतालमा पनि लगिने गरिएको छ ।   दशक अघिदेखि रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका हुन् । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र सिकलसेलका बिरामीले राहत पाएका छन् ।

    नागरिकको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिँदै गएको रेडक्रस उपशाखा टीकापुरका रक्तसञ्चार केन्द्र संयोजक टेकराज विनाडी बताउनुहुन्छ । “हामीले रक्तदाताको लिस्ट बनाएर बोलाइ–बोलाइ रगत आपूर्ति गर्दै आएका छौँ, अभाव भएका बेला धेरैलाई अनुरोध गछौँ”, संयोजक विनाडी भन्नुहुन्छ, “रगत दिएपछि मात्र पाइन्छ भन्ने सोच विकास हुन आवश्यक छ । हामीले हरेक उत्सव तथा कार्यक्रममा रक्तदान गर्न प्रोत्साहन गर्दै आएका छौँ ।”

    रक्तसञ्चार केन्द्रलाई टीकापुरस्थित सन्त निरंकारी मण्डल, मानव धर्म सेवा समितिलगायतका संस्थाले नियमित रक्तदान कार्यक्रम गर्दै आएका छन् भने पछिल्लो समय राजनीतिक दल र तिनका भातृ सङ्गठन र विभिन्न सङ्घसंस्थाले समेत रक्तदान कार्यक्रम गर्दै आएका छन् । यसरी रक्तदानबाट जम्मा भएको रगत रक्तसञ्चार केन्द्रले आफूसँग राख्ने र बढी भए धनगढी पठाउने गरेको छ । रक्तसञ्चार केन्द्रले भजनी, लम्की, जोशीपुर, जानकीबाट पनि रगत सङ्कलन गर्ने गरेको छ ।

    हरेक वर्ष नियमित रक्तदान गर्दै आएको संस्था सन्त निरंकारी मण्डलका केन्द्रीय प्रभारी नरबहादुर रावल रगत मानिसको जीवन बचाउनका लागि आवश्यक पर्ने भएकाले गर्दै आएको बताउनुहुन्छ । “हामीले नागरिकलाई आवश्यक भएका बेला पनि गर्ने गरेका छौँ, नागरिकको भलाइ र जीवन बचाउनका लागि रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने सन्देश दिन रक्तदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

    टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी रक्त सञ्चार केन्द्र अस्पतालमा आउने बिरामीको जीवन बचाउन गरेको कार्य सराहनीय रहेको बताउँदै सेवा थप विस्तारमा सबैको सहयोग रहनुपर्ने बताउनुहुन्छ । “अस्पतालमा शल्यक्रियालगायतका सेवा लिन आउने बिरामीलाई धेरै राहत भएको छ । दिनहुँ रगत अभाव भएका बेला रेडक्रसले दिएको सेवाले राहत भएको छ”, उहाँ भन्नुहुन्छ, “मानिसको जीवन बचाउनका लागि सेवा नियमित र थप विस्तार हुन आवश्यक छ ।”

    नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका केही वडा र जोशीपुर गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई दुई पिन्ट रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क एकमुष्ट उपलब्ध गराउने गरेका छन् ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution