• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २६, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजा वीरेन्द्रपछि रोकिएको नेपाल-फ्रान्स उच्चस्तरीय भ्रमण यो वर्ष होला ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २५, बुधबार (६ साल अघि)
    2018-02-21T170

    Advertisement

    काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष सम्भव होला ? नेपाल र फ्रान्सबीच दौंत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा यो प्रश्नको पनि समाधान खोज्दैछन् दुवै देशका उच्च अधिकारीहरु ।

    बुधवार यसैबारेमा दुवै देशका सचिवहरुबीच औपचारिक छलफल पनि हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सेली समकक्षी मोरिस गर्दो नेतृत्वको पाँच सदस्यीय टोली काठमाडौं आइपुग्दैछ । लगत्तै परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय वार्ता हुने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जारी गरेको मिडिया एडभाइजरीमा उल्लेख छ ।

    दुईपक्षीय वार्तापछि साँझ पत्रकार सम्मेलन गरेर नेपाल फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठमा  आयोजना हुने कार्यक्रम सार्वजनिक गरिनेछ । दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुको हिसाबमा फ्रान्स नेपालको चौथो पुरानो मित्र हो ।

    नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ

    बेलायत,अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग ७० वर्षअघि स्थापित भएको थियो । यसबीचमा सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान भएको छैन ।

    २०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणापछि प्रधानमन्त्री तहको यो पहिलो भ्रमण हुने थियो । तर कांग्रेसभित्रकै किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याएर हटाउन लागेपछि भट्टराईले राजिनामा दिए ।

    गिरिजाप्रसादसँग फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि गिरिजालगायत कांग्रेस नेताहरुले नमानेपछि संसदबाट भाबुक वक्तव्य दिँदै उनले राजिनामा गरेका थिए । नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ ।

    परराष्ट्र सचिव शंकर वैरागीले दुई पक्षीय छलफलमा उच्चस्तरीय भ्रमणको पनि चर्चा हुने बताए । नेपालले राष्ट्रपति वा प्रधानमन्त्री तहको भ्रमण होस् भन्ने चाहेको छ । सम्भवतः यो वर्ष उच्चस्तरीय भ्रमण आदान प्रदान हुने फ्रान्सेली दूतावास स्रोतले पनि बताएको छ ।

    ७० औं वर्ष प्रवेश आगामी अपि्रल २० मा हुनेछ । त्यसपछि वर्षभरी दुवै देशले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रमहरु तय हुने वैरागीले बताए । बैठकमा अन्य मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुनेछन् ।

    नेपाल र फ्रान्सबीच सचिवस्तरीय वार्ताको तय गत नोभेम्बरमै भएको थियो । पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकीका अवसरमा पेरिसमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव बैरागी पनि सहभागी भएका थिए । सो कार्यक्रममा विश्वभरका शीर्ष नेता थिए ।

    सोही समयमा नेपाल र फ्रान्सका विदेश सचिवस्तरीय छलफलपछि बैरागीले फ्रान्सेली समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । फ्रान्स नेपालको महत्वपूर्ण सम्बन्ध रहेको मुलुक भएकाले यो भ्रमणलाई उच्च प्राथमिकता दिइएको बैरागीले बताए ।

    onlinekhabar.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution