• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजा वीरेन्द्रपछि रोकिएको नेपाल-फ्रान्स उच्चस्तरीय भ्रमण यो वर्ष होला ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २५, बुधबार (७ साल अघि)
    2018-02-21T170

    Advertisement

    काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष सम्भव होला ? नेपाल र फ्रान्सबीच दौंत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा यो प्रश्नको पनि समाधान खोज्दैछन् दुवै देशका उच्च अधिकारीहरु ।

    बुधवार यसैबारेमा दुवै देशका सचिवहरुबीच औपचारिक छलफल पनि हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सेली समकक्षी मोरिस गर्दो नेतृत्वको पाँच सदस्यीय टोली काठमाडौं आइपुग्दैछ । लगत्तै परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय वार्ता हुने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जारी गरेको मिडिया एडभाइजरीमा उल्लेख छ ।

    दुईपक्षीय वार्तापछि साँझ पत्रकार सम्मेलन गरेर नेपाल फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठमा  आयोजना हुने कार्यक्रम सार्वजनिक गरिनेछ । दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुको हिसाबमा फ्रान्स नेपालको चौथो पुरानो मित्र हो ।

    नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ

    बेलायत,अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग ७० वर्षअघि स्थापित भएको थियो । यसबीचमा सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान भएको छैन ।

    २०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणापछि प्रधानमन्त्री तहको यो पहिलो भ्रमण हुने थियो । तर कांग्रेसभित्रकै किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याएर हटाउन लागेपछि भट्टराईले राजिनामा दिए ।

    गिरिजाप्रसादसँग फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि गिरिजालगायत कांग्रेस नेताहरुले नमानेपछि संसदबाट भाबुक वक्तव्य दिँदै उनले राजिनामा गरेका थिए । नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ ।

    परराष्ट्र सचिव शंकर वैरागीले दुई पक्षीय छलफलमा उच्चस्तरीय भ्रमणको पनि चर्चा हुने बताए । नेपालले राष्ट्रपति वा प्रधानमन्त्री तहको भ्रमण होस् भन्ने चाहेको छ । सम्भवतः यो वर्ष उच्चस्तरीय भ्रमण आदान प्रदान हुने फ्रान्सेली दूतावास स्रोतले पनि बताएको छ ।

    ७० औं वर्ष प्रवेश आगामी अपि्रल २० मा हुनेछ । त्यसपछि वर्षभरी दुवै देशले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रमहरु तय हुने वैरागीले बताए । बैठकमा अन्य मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुनेछन् ।

    नेपाल र फ्रान्सबीच सचिवस्तरीय वार्ताको तय गत नोभेम्बरमै भएको थियो । पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकीका अवसरमा पेरिसमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव बैरागी पनि सहभागी भएका थिए । सो कार्यक्रममा विश्वभरका शीर्ष नेता थिए ।

    सोही समयमा नेपाल र फ्रान्सका विदेश सचिवस्तरीय छलफलपछि बैरागीले फ्रान्सेली समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । फ्रान्स नेपालको महत्वपूर्ण सम्बन्ध रहेको मुलुक भएकाले यो भ्रमणलाई उच्च प्राथमिकता दिइएको बैरागीले बताए ।

    onlinekhabar.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution