• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (३ साल अघि)
    1662450139-Denggu

    Advertisement

    चितवन  ।जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।

    स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको अप्रत्यासित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ । जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । चापागार्इँका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरी निरन्तररुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।    पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ । रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उहाँ बताउनुहुन्छ । जिल्लाका पाँच पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो । गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । सङ्क्रमितमध्ये पाँच महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।

    निश्चित समय र भूगोलमा अनपेक्षितरुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको परिभाषामा राखेको चापागाईँले बताउनुभयो । जिल्लामा नौ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सयमा सङ्क्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाइ छ । जापानिज इन्सेफ्लाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलोपटक देखा परेको थियो । जिल्लामा शङ्कास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने गरिएको उहाँको भनाइ छ । चितवनमा सन् २०१८ मा एक जना, २०२० मा एक जना, २०२१ मा एक र हाल नौ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् । जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सँुगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।

    जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सँगुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावर व्यवस्थित ढङ्गले पाल्ने, पशुपन्छीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकको भनाइ छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution