• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरलाई पोखरासँग जोड्ने सडक निर्माण सुस्त,तेस्रो पटक म्याद थपियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
    307641677_419154170354745_148462673138929400_n

    Advertisement

    नवलपुर ।नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित फलफूल चोक–बोझापोखरी–हुँदै कोखेटारसम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने थियो । तर त्यसयता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्तसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर राजेन्द्र महर्जनले बताउनुभयो ।थपिएको समयमा समेत सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशङ्का पैदा भएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको छ किलोमिटर ग्राभेल यस्तै दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको थियो ।

    दुवै खण्डगरी कूल रु ८४ करोड ९८ लाख आठ हजार दुई सय ४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । पहिलो खण्डमा सन्तोषी–रौताहा–हरिहरि जेभी र दोस्रो खण्डमा पप्पुकोसी–न्यौपाने–बन्धना भगवती जेभीले निर्माणको जिम्मा पाएका थिए । तर अहिले पहिलो खण्डमा करिब छ किमीमा कालोपत्रका लागि ‘सिङ्गल कोट’ (कालोपत्रको प्रारम्भिक तह)को काम सकिएको छ ।दोस्रो खण्डमा करिब पाँच किमीमा ग्राभेल गर्ने काम सकिएको इञ्जिनीयर महर्जनले जानकारी दिनुभयो । त्यसबाहेक केही क्षेत्रमा नाला निर्माण र पहाडी क्षेत्रमा बाटो फराकिलो बनाउन भित्ता काट्ने काम मात्रै भएको छ ।

    सुरुको केही समय सडक निर्माणको काम कसले गर्ने भन्नेमा अन्योल रहँदा निर्माण कार्य प्रभावित बन्यो । प्रारम्भिक चरणमा सडक डिभिजन कार्यालय बुटवल मातहतमा निर्माणको काम अघि बढेकामा पछि गण्डकी प्रदेश मातहतमा काम अघि बढ्यो । अहिले फेरि यस सडक निर्माणको काम सडक डिभिजन कार्यालय भरतपुर मातहतबाट हुँदै आएको छ ।केही समय कोभिड र पछि बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर महर्जनले बताउनुभयो । “केही समय कोभिडले प्रभाव प¥र्यो, बजेटको पनि नियमित निकासा हुन सकेन, यसले पनि निर्माणको काम प्रभावित बन्यो”, उहाँले भन्नुभयो ।अहिले पनि यस सडकका लागि रु चार करोडमात्रै बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । “११/१२ करोडको काम बाँकी छ, अहिले पनि रु चार करोड मात्रै विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “अब विनियोजित बजेटले त पुग्दैन तर सकिएपछि थप रकम माग्छौँ, यो वर्ष सकभर काम सक्नेगरी लाग्छौँ ।”

    अहिले कावासोती–बोझापोखरी र बोझा–कोखेटारसम्मको दुवै प्याकेजमा करिब ७५ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनीयर महर्जनले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्र छिचोल्दै कोखेटारमा पुगी कालिगण्डकी करिडोरमा यो सडकले छुनेछ । त्यसपछि करिडोर हँदै डेढगाउँ–भिमाद–खैरेनिटार–पोखरा जोड्ने महत्वपूर्ण सडक निर्माणमा ढिलासुस्ती हुँदा यस क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।पहाडी क्षेत्रको ‘लाइफ लाइन’का रुपमा समेत हेरिएको यो सडक छिटो निर्माण हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको रहेको छ । यो सडक निर्माणले नवलपुरलाई आफ्नै प्रदेशको बाटो हुँदै प्रदेश राजधानीलाई जोड्नेछ । अहिले प्रदेश राजधानी पोखरा पुग्न बाग्मती प्रदेशको चितवन हुँदै वा लुम्बिनी प्रदेशको रुपन्देही–पाल्पा–स्याङ्जा हुँदै पोखरा जानुपर्ने बाध्यता रहेको छ ।जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको यो योजना निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने कावासोती नगरपालिका–६, का वडाध्यक्ष यमबहादुर थापाले बताउनुभयो । अहिले बाटो निर्माणको काम अलपत्र पर्दा फलफूल चोक–हात्तीखोर खण्डमा धुलो उडेर स्थानीयले सास्ती खेप्नुपरेकोसमेत उहाँले गुनासो गर्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution