• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चाडपर्वमा ग्रामीण यात्रुको समस्या: एक किमीको भाडा रु २५ !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
    bus-1

    Advertisement

    मलेखु ।ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ ।उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जिपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडालगायतका सामानको लोड पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् । सदरमुकामबाट बोलेरो जिप चढेर गन्तव्यतर्फ जाँदै गर्नुभएका यात्रु शिव मगर भन्नुहुन्छ, “बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै जिपले मनलाग्दी भाडा उठाउँछ, अरु गाडी चल्दैन, त्यसैले बाध्य भएर चर्को भाडा तिरेरै हिँड्न बाध्य छौँ ।”एक किलोमिटरको भाडा रु २५ सम्म तिर्न यात्रु बाध्य छन् । प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ । सदरमुकाम धादिङबेँसीबाट छ किलोमिटरको दूरीमा रहेको स्याउली गएको भाडा रु एक सय ५० तिर्नुपरेको मगरले सुनाउनुभयो ।

    सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दूरीमा छ । धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दूरी जम्माजम्मी २७ किलोमिटर छ । यी सडकमा गुड्ने बोलेरो र मुस्ताङ जिपले १५ देखि ३० किलोमिटरसम्मको भाडा रु पाँच सयदेखि सात सय असुल्दै आएका छन् । त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीबाट नेत्रावती–५ जाँदै गर्नुभएका तुलबहादुर तामाङ भन्नुहुन्छ, “अघिल्ला वर्षहरूमा रु दुई सय भाडा थियो, अहिले रु पाँच सय लिन्छन् ।”यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ । सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीमा पुग्ने सवारी साधनले यसरी मनोमानी भाडा असुलिरहेका छन् ।पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्को भाडा तिर्नु यात्रुको बाध्यता पनि छ । “कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन”, मैदीबाट सदरमुकाम आउनुभएका यात्रु कृष्ण अधिकारीले भन्नुभयो, “बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले बोलेरो चढेर हिँड्नुपर्छ ।”

    यस्ता बोलेरोसँग बाटो इजाजतपत्र हुँदैन । क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन् । टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुण्ड्याएर यात्रा गराइरहेका छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जाने बोलेरो जिपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन् ।चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन् । “एकपटक गाउँ गएर फर्किँदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो”, चालक दीपक श्रेष्ठले भन्नुभयो ।

    एउटा जिपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्को भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन् । निजी सवारीले चर्को भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन् । महँगो भाडा असुलेर गुडिरहेका निजी सवारीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने संयुक्त यातायात बस तथा जिप व्यवसायी सङ्घ धादिङका अध्यक्ष राम थापाले बताउनुभयो ।

    हुन त संयुक्त यातायात बस तथा जिप व्यवसायी सङ्घमार्फत उत्तरी धादिङ चल्ने जिपले पनि निजी बोलेरोले जत्तिकै भाडा उठाइरहेका छन् । छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन छ । स्थानीय सरकारले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन । दसैँ सुरु भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ । बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution