
हेटौंडा । काठमाडौंबाट झापाको दमक जाँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भने ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ ।
दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं पठाइएको छ भने उक जनाको हेटौंडामैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१