
चितवन।नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । आज बिहान करिब ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी मुग्लिनले जानकारी दिएको छ ।
कार नदीमा डुबेर बेपत्ता भएको छ भने कारमा सवार दुई जना सकुसल रहेको जानकारी प्राप्त भएको छ । कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । घुमाउरो बाटोमा अनियन्त्रित भएर कार नदीमा खसेको प्रहरीले जनाएको छ । कारको खोजी कार्य जारी रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१