• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-मुग्लिन सडकः चालु आवभित्र १२ पुल निर्माण हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
    namu-sadak-pul-2

    Advertisement

    भरतपुर ।चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ ।आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । उन्नाइस पुलमध्ये चार पुल यसअघि नै निर्माण सम्पन्न भइसकेका उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो ।तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत काम सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । यीमध्ये टोपेखोलाको पुल तीन–चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । “यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, प्रमुख कार्कीले भन्नुभयो”, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिलो चरणमा ठाउँ तयार गर्दैछौँ ।” भौगोलिकरूपमा पनि यी दुई पुल निर्माण गर्न कठिनाइ रहेको उहाँले बताउनुभयो । तिहारपछि एक–दुई घण्टा राजमार्ग बन्द नै गरेर काम गर्ने योजना बनाएको कार्कीले जानकारी दिनुभयो । रिद्धी र कालीखोलामा आर्कब्रिज भएका कारण निर्माणमा समय लाग्ने उहाँको भनाइ छ । नाम्चेखोलामा पहिराले दुःख दिएका कारण पुल निर्माणमा समस्या भएको कार्कीले बताउनुभयो । “रिद्धीखोला र कालीखोलाको पुल चैतसम्म निर्माण सक्ने गरी काम भइरहेको छ, तिहारपछि कामले झन् गति लिन्छ”, उहाँले भन्नुभयो ।

    प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । जुगेडी पुलको पिलर निर्माणको काम भएको छ । सो क्षेत्रमा रहेका घरटहरा र मुअब्जा वितरणमा भएको ढिलाइका कारण पुल निर्माणमा असर परेको आयोजना प्रमुख कार्कीले बताउनुभयो । यो प्याकेजअन्तर्गत पाँचवटा पुल तीन–चार महिनाभित्रै गाडी गुडाउन मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उहाँले भन्नुभयो ।कार्कीका अनुसार प्याकेज–१ का सात पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल तीन सय ८१ मिटर लामा छन् । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कुल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ ।

    दुवै ठेक्का एउटै कम्पनीले पारेको हो । १५ पुलका लागि विसं २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको थियो । तर सम्झौताको म्याद सकिन तीन महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाले तयारी गरेको छ । नारायणगढ–मुग्लिन सडक विस्तार भएको तीन वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सकिएको छैन ।आयोजनाले कोरोना महामारी, भौगोलिक कठिनाइ, प्राकृतिक प्रकोप र मुअब्जा वितरणलगायतका कारणले काममा ढिलाइ भएको बताएको छ । पुल निर्माणका लागि आवश्यक बजेट अभावमा पनि काममा ढिलाइ भएको आयोजनाले बताएको छ । यस वर्ष रु ५० करोड माग गरेकामा रु ११ करोडमात्र विनियोजन भएको छ । पुल निर्माण समयमा नसकिँदा यो सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी तथा यात्रुले समय–समयमा जामको सास्ती खेप्नुपरेको छ भने दुर्घटनाको समेत जोखिम छ । हाल भएका पुराना पुल सबै अवस्थामा छन् । यो राजमार्गलाई एसियन विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution