• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बालबालिकामा इन्टरनेटको नकारात्मक असर बढ्दो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
    negative-effect-of-internet-on-child-1024x573

    Advertisement

    काठमाडौँ I पछिल्लो समय सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा विभिन्न घटनाहरू समेत घट्ने गरेका छन् भने बालबालिकाले इन्टरनेट प्रयोग गर्दा सकारात्मक भन्दा नकारात्मक असर धेरै पर्ने गरेको मनोविद्हरू बताउँछन् ।आफ्ना बच्चाहरू इन्टरनेटको प्रयोगका कारण पढ्न, खाना खान तथा अन्य काम समेत समयमा नगर्ने गरेको कतिपय अभिभावकहरूको गुनासो समेत सुनिने गरिन्छ ।बालबालिका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगका कारण समयमा कुनै पनि कार्य नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावका हुने र मोबाइलमै व्यस्त रहने गरेको काठमाडौँ तीनकुने बस्ने डिलाराम पौडेलले बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “बच्चाहरू पढ्दै छन् मोबाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन् जसका कारण उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्ने गर्छन् ।”

    यो त एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय प्राय धेरैजसो बालबालिका इन्टरनेटको प्रयोगबाट आफ्ना गृहकार्य समयमा नगर्ने, परिवार र आफन्तहरूसँग पनि घुलमिल नहुने, जिद्दी स्वभावका हुने गरेको पाइएको मनोविद्हरू बताउँछन् ।आफ्ना बच्चा खाना समेत मोबाइल नभई नखाने र स्कुलबाट र्फिर्कनासाथै मोबाइलमा नै व्यस्त हुने र मोबाइल नपाए रिसाउने गरेको अर्का अभिभावक सरस्वती आचार्य बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ “बच्चाहरू स्कुलबाट फर्केपछि डे«स समेत चेन्ज नगरी मोबाइलमा नै  व्यस्त हुन्छन्, मोबाइल नपाए रिसाउने, खाजा समेत नखाने र भनेको नमान्ने गर्छन् । ”

    धेरै फाइदासँगै बेफाइदा पनि उत्तिकै लिएर आएको छ इन्टरनेटले । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा कहिलेकाहीँ नकारात्मक असर देखिँदै आएका छन् भने पछिल्लो समय इन्टरनेटका माध्यमबाट बालबालिकाको दुरुपयोग हुने, दुर्व्यवहार र यौन शोषणमा पर्ने गरेका घटनाहरू पनि देखिने गरेका छन् ।   सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा अन्य क्षेत्रमा समेत नकारात्मक असर पर्नुका साथै परिवारका सदस्यहरु  र आफन्तहरुसंग पनि घुलमिल नगरी इन्टरनेटमै धेरै रमाउने प्रवृत्ति देखिने गरेको छ ।जसका कारण बालबालिका जिद्दी हुने, झनक्क रिसाउने स्वभावका हुने गर्दछन् । बालबालिकाको हकमा इन्टरनेटले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने गरेको मनोविद् गोपाल ढकालले बताउनुभयो ।उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जाल एवं इन्टरनेट बालबालिकालाई भुलाउने र मनोरञ्जनका नाममा प्रयोग गर्न दिनुले बालबालिका यसको लतमा पर्नसक्ने हुन्छन् भने बालबालिकाको चौतर्फी विकाससँगै उनीहरूको मनोविज्ञानमा नै यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । ”

    मनोविद् ढकाल भन्नुहुन्छ पछिल्लो समय इन्टरनेट बालबालिकामैत्री नभएका कारण पनि बालबालिकालाई त्यसमा भुल्न दिन नहुने भन्दै बालबालिकाले कुन प्रयोजनका लागि प्रयोग गरिरहेको छ भन्ने जानकारी नराख्दा पनि यसले गम्भीर असर पार्न सक्छ । उहाँ भन्नुहुन्छ, इन्टरनेट तथा सामाजिक सञ्जालको विषयमा एकै शब्दमा भन्दा पछिल्लो समय इन्टरनेट बालबालिकाका लागि विष समान रहेको छ । बालबालिकालाई इन्टरनेटको प्रयोगबाट बाहिर ल्याउनका लागि अभिभावक स्वयंले पनि उनीहरूका अगाडी इन्टरनेटका साधनहरू कम प्रयोग गर्ने र उनीहरूसँग धेरै समय बिताउनुपर्ने हुन्छ ।बालबालिकालाई इन्टरनेटको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले इन्टरनेटको सही सदुपयोगका सम्बन्धमा विद्यालय स्तरबाट नै पठनपाठन र शिक्षाको आवश्यकता रहेको सरोकारवालाको धारणा छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution