• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा बसपार्क नहुँदा समस्या, अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २६, बुधबार (३ साल अघि)
    bus

    Advertisement

    त्रिवेणी।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर हालसम्म बसपार्क निर्माण हुन सकेको छैन । देशकै मध्यभागमा पर्ने र पूर्वपश्चिम राजमार्गले करिब ६५ किलोमिटर छुने यहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन् । स्थानीय तथा लामो दूरीका सवारी विभिन्न क्षेत्रबाट छुट्ने गर्दछन् । तर अझैसम्म जिल्लमा भने एउटा पनि बसपार्क निर्माण हुन सकेको छैन् ।बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ । वर्षेनी यातायातको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो रहको छ । यो समस्या भित्री सडकहरूमा समेत देखिन थालेको छ ।बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ । जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोतीसहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप थप बढ्दो रहेको छ । सबै क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या रहेको छ । पालिकाले आवश्यकताका आधारमा साना, ठूला सवारीका लागि बसपार्कको अवधारणा बढाउनुपर्ने सरोकारवालाको भनाइ छ ।

    “सबै क्षेत्रमा आवश्यकता पहिचान गरी ठूलो नभए पनि पार्किङ गर्न मिल्ने गरी बसपार्कको अवधारणा बढाउनुपर्छ, मुख्य बजार कावासोतीमा भने यसको अभाव खड्किन थालेको छ”, स्थानीय रुपेश गिरीले भन्नुभयो । कावासोती जिल्लाको केन्द्र भएकाले यहाँ तत्काल बसपार्क निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वपश्चिम राजमार्गबाहेक जिल्लाको पहाडी क्षेत्र, पूर्वी पाल्पा, नवलपुरसँग जोडिएका तनहुँका केही क्षेत्रका बासिन्दासमेत नवलपुरको बाटो हुँदा आवतजावत गर्ने गर्दछन् ।राजमार्गसँग जोडिएका विभिन्न बजारबाट त्यसतर्फ जिपहरू छुट्ने गर्दछन् । गिरीका अनुसार ती सवारी कहाँ राख्ने भन्ने चालकलाई चिन्ता भए जस्तै यात्रुलाई समेत कुन रुटका लागि कहाँ सवारी पाइन्छ भन्ने समस्यामा पर्ने गरेका छन् । उहाँले भन्नुभयो, “बिभिन्न भित्री गाउँमा जानेलाई सवारी कहाँ पाइन्छ भन्ने चिन्ता हुन्छ, राति अलि अबेर आए कहीँ सवारी भेटिँदैनन्, कमसेकम बसपार्क भए त सवारी हुन्छ, विकल्प हुन्छ ।”

    जिल्ला बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाहरूले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो । पालिकासँगै सम्बन्धित यातायात व्यवसायीले यसको विषयमा पहल गर्नुपर्ने र बसपार्क भए राजमार्ग छेउमा हुने अव्यवस्थित पार्किङको समस्या हट्ने उहाँको भनाइ छ ।जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । बसपार्कको आवश्यकता महसुस गरी कावासोती–१६, बसपार्क निर्माणको योजना रहेको उहाँले बताउनुभयो ।सहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको उहाँको भनाइ रहेको छ । “जिल्लामै बसपार्क छैन, त्यसमा पनि हामी सदरमुकामको पालिका, यहाँ बसपार्कको आवश्यकता छ, त्यही आवश्यकता महसुस गरी बसपार्क निर्माणको योजना बनाएका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution