
सर्लाही। सर्लाहीमा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे ईश्वरपुर नगरपालिका–१२ मा पल्टिएको हो । बसमा ३३ जना सवार थियो।प्रहरीका अनुसार घाइते २३ जना मध्य २ जनाको अवस्था गम्भीर छ । त्यस्तै गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ र अन्यको गढीमाई अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात् घर फर्किसकेका छन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१