
गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ कोलिया बस्दै आएका ५७ वर्षीय नुन बहादुर कार्की बेपत्ता भएको उनको परिवारले जनाएको छ ।बोल्न र सुन्न नसक्ने नुन बहादुर आइतबारदेखि बेपत्ता भएका हुन् । आइतबार दिउँसो उनी कावासोती फलफूलचोकमा देखिएको र त्यसपछि सम्पर्कमा नरहेको उनका भतिज मान बहादुर कार्कीले बताए ।
नुन बहादुरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन समेत दर्ता गराएको उनले बताए । हामीले काका हराएलगत्तै खोजविनको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छौं,’ उनले भने, ‘हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।जिल्लाका कावासोती, देवचुली, गैंडाकोट र भरपुर क्षेत्रमा उनको खोजीकार्य गरिए पनि यो खबर तयार पार्दासम्म अवस्था अज्ञात नै छ ।श्रीमतीको साथमा बस्दै आएका नुन बहादुरका एकमात्र छोरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छिन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१