
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए । पश्चिमा देशमा निर्वाचनका बेला गरिने ’लाइभ डीबेट’का लागि ओलीले आफू तयार रहेको बताए। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?,’ उनले फेसबुकमा लेखेका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र एमाले–जसपाबीच गठबन्धन गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१