• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ११, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा घरजग्गाको कारोबार ६ महिनामा आधाले घट्यो, झण्डै ५० प्रतिशत सरकारी राजस्वमा गिरावट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (२ साल अघि)
    Bharatpur-view

    Advertisement

    चितवन। चितवनमा ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको छ ।गत वैशाखदेखि असोजसम्मको तथ्यांक केलाउँदा चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको हो ।बैंकबाट कर्जा पाउन उसै त कठिन भइरहँदा पछिल्लो समय ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार शिथिल बनेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री भएको छैन । बिगतमा यसरी राखिएका घरजग्गा सजिलै बिक्री हुन्थे । त्यसबाहेक पनि घरजग्गा व्यवसायीहरुले प्लटिङ गरेका जग्गा समेत बिक्री हुन गाह्रो छ ।ऋण गरेर घरजग्गामा लगानी गरेकाहरु बैंकको ब्याजदर तिर्नुपर्ने बाध्यताका बीच केही सस्तोमा त्यस्ता प्रोपर्टी बिक्री गरिरहेका पनि छन् । घरजग्गा किन्न खोज्नेहरु पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । घरजग्गाको मूल्य घट्ने आकलन उनीहरुको छ । त्यसकारण पनि खरिदकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

    तरलता अभावसँगै सरकारले भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणबिना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको संख्या घटेको मालपोत कार्यालयहरुले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र स्थानीय तहहरुलाई आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो। त्यसअघि घरजग्गामा जग्गा वर्गीकरणको असर देखिने निश्चित छ ।

    घर जग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्काेतर्फ रत्ननगर र गैँडाकोटमा कित्ताकाँट खुल्दा पनि भरतपुर महानगरले खुलाउन नसक्दा व्यवसायीहरु पीडामा परेका छन् । ’ उहाँले आफूहरु पटकपटक भरतपुर महानगरपालिकामा डेलिगेसन जाँदा पनि समस्याको हल हुन नसकेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ भरतपुर महानगरपालिकामा झण्डै ५०० वटा लिखत थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको ५० हजार लिएर सिफारिस गर्ने गरेका छन् । वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि मेयर तथा उपमेयर रहेको अर्काे समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर घरजग्गा व्यवसायीलाई दुःख दिने काम भएको छ ।’ उहाँले बैँकले ऋणको व्याजदर बढाएकोले पनि व्यवसायीहरु समस्यामा परेको विचार राख्नुभयो ।त्यसैगरी चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाँटको समस्या नसुल्झँदा समस्या आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायीहरु समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्न सकेमा राम्रो हुने थियो । जनप्रतिनिधिहरुले पैसा खाएर खोलाको बगर बेच्ने परिपाटीले गर्दा नै यो समस्या आएको हो ।’ उहाँले यो समस्या सरकारले उब्जाएको समस्या भएको नारायणी अनलाइनलाई बताउनुभयो ।

    लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व संकलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्यांक हेर्दा चितवनमा वैशाख महिनामा एक हजार १३५ वटा लिखत पास भएकोमा असोज महिनामा ४९६ वटा लिखत पास भएका छन् । जेठ महिनामा बढेर एक हजार १७० पुगेको लिखतको संख्या असार, साउन र भदौंमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्यांक ५६.३० ले कम हो । वैशाखमा १२५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने ४५३ रहेको चनौली मालपोतको लिखत असोजमा १३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको संख्या घटेर असोजमा १३० मा घटेको तथ्यांकले देखाउँछ ।उक्त अवधिमा चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चितवनमा गत वैशाखमा १० हरोड ४५ लाख ४४ हजार १५२ रुपैयाँ राजस्व संकलन भएकोमा असोजमा घटेर ६ करोड १९ लाख १३ हजार ५८७ मात्र राजस्व संकलन भएको छ । यो संख्या ४० प्रतिशत बढीले कम हो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution