• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा ठूला योजना उम्मेदवारका प्रतिबद्धता   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)
    bp

    Advertisement

    त्रिवेणी । आगामी मङ््सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका गतिविधि बढाउँदै लगेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू आफ्ना भावी योजना र प्रतिबद्धतासहित प्रचारप्रसारमा जुटेका छन् ।    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताका घरघरमा पुगिरहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन रहेको नवलपुरमा सबै क्षेत्रमा गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।   यस बीचमा उम्मेदवारहरूको प्रतिबद्धतामा जिल्लाका ठूला योजना पर्ने गरेका छन् । दलहरूको प्रतिबद्धतामा जिल्लाको नमूना सदरमुकामदेखि नारायणी नदी तटबन्धन, मेडिकल कलेज स्थापनादेखि ट्रमा सेन्टर स्थापनासम्मका योजना सम्म लाई अगाडी सारेका छन् ।
    नवलपुर सङ्घीय क्षेत्र नं १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू कांग्रेसबाट डा शशाङ्क कोइराला र एमालेका कृष्ण पौडेलले मतदातासमक्ष समान जस्ता योजना पूरा गर्ने प्रतिवद्धता गर्दै आउनु भएको छ ।   यहाँ नारायणी तटबन्धन, ट्रमा सेन्टर स्थापना, कृषिमा सिँचाइका साथै पहाडी क्षेत्रको मुख्य सडक निर्माण आफ्नो प्राथमिकतामा रहेको उम्मेदवारहरूले बताउँदै आएका छन् । रोजगार सिर्जना गर्नका लागि अद्योगिक क्षेत्र स्थापनासमेत उम्मेदवारहरूको प्रतिबद्धतामा पर्ने गरेका छन् ।   जिल्लाको सङ्घीय क्षेत्र नं २ का उम्मेदवारसमेत विभिन्न योजना आफ्नो प्रतिबद्धतामा व्यक्त गर्दै आएका छन् । मतदातासमक्ष आफ्ना योजना पु¥याउने क्रममा उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् ।

    यहाँ एमालेबाट तिलक मतह र कांग्रेसबाट विष्णुकुमार कार्की प्रतिस्पर्धामा रहनुभएको छ । नवलपुर–२, मा मुख्यगरी निर्माणका क्रममा रहेको नमूना सदरमुकामको काम सम्पन्न गर्ने दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । योसँगै यसै क्षेत्रमा रहेको धौबादी फलाम खानी उत्खननका लागि पहल गरी रोजगार सिर्जना गर्ने, डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने, नारायणीसहित यस क्षेत्रमा पर्ने खोलाहरू तटबन्धनसहित पहाडी क्षेत्रमा यातायातको सहज पहुँचका लागि बाटो स्तरोन्नति गर्ने यहाँका उम्मेदवारका योजना तथा प्रतिबद्धतामा पर्ने गरेका छन् । गण्डकी प्रदेशलाई भारतसँग जोड्ने सडकअन्तर्गत त्रिवेणी– दुम्किबास खण्ड निर्माणका योजनासमेत आफ्नो प्रतिबद्धता रहेको नेकपा उमालेका तर्फबाट यसै क्षेत्रका उम्मेदवार महतले बताउनुभयो ।    जिल्लामा कृषि, उद्योग र पर्यटनका विषयसमेत दलहरूका ‘एजेन्डा’ बनेका छन् । “सानातिना काम हामीले गर्दै जानेछौँ, जिल्लाका लागि अर्थ राख्ने मुख्य ठूला योजनाका लागि पहल र सहकार्य, साथै कृषि, उद्योग र पर्यटन विकास मेरो योजना छ”, महतले भन्नुभयो ।
    कृषि क्षेत्रमा लगानी र रोजगार सिर्जना गर्ने खालका उद्योग स्थापनाका साथै देवघाट–त्रिवेणी वैकल्पिक बाटो आफ्नो योजना तथा प्राथमिकतामा रहेको नवलपुर–१ का उम्मेदवार डा शशाङ्क कोइरालाले बताउनुभएको छ । “मेरो योजना नारायणी नदी तटबन्धनसँगै देवघाट–त्रिवेणी वैकल्पिक बाटो निर्माण गर्नेछ, यसले बाढी नियन्त्रणसँगै वन्यजन्तु बस्तीमा पस्ने समस्या रोक्नसमेत सहयोग पुग्छ”, डा कोइरालाले भन्नुभयो ।
    यहाँका सबै क्षेत्रका उम्मेदवारको अर्को मुख्य प्रतिबद्धतामा भूमिहीनहरूलाई पुर्जा वितरण गर्नेुपर्ने छ । जिल्लामा भूमिहीन सुकुम्वासीको समस्या धेरै रहेकाले यसका लागि पहल गर्ने सबैजसो उम्मेदवारको प्रतिबद्धतामा पर्ने गरेको छ ।  (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution