
काठमाडौं।चुनाव बहिष्कार गर्दै विप्लव नेकपासहित तीन पार्टीले आन्दोलनको घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनाव बिथोल्ने निर्णय गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
निर्वाचन खारेजीरबहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४(३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिबास, पोखरा, सुर्खेत र धनगढीमा सभाको कार्यक्रम तय गरेका छन् । २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूको संघर्ष भएको उनको भनाइ थियो ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरी कटौटी हुँदै गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरूको आन्दोलन भएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाइ थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१