कैलाली।कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको छ । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१