चितवन।चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा सोमबार साँझ आगलागि हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई साँझ ७ बजेको समयमा आगलागि भएको थियो । घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात र घर नै पूर्ण रुपमा क्षति हुँदा करिव ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगो करिव ८ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१