• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यार्थीलाई अश्लिल मेसेज पठाउने चार शिक्षक निष्कासन, घटना बाहिर नल्याउन प्रिन्सिपलको आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (२ साल अघि)
    20200418024154_Clipboard08

    Advertisement

    पोखरा।पोखराको ला ग्राण्डी कलेजका ४ जना शिक्षक प्रकाउ परेका छन् । विद्यार्थीलाई लगातार अश्लिल मेसेज पठाउने गरेपछि उनीहरुलाई प्रकाउ गरिएको हो ।वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना अहिले बाहिरिएको छ । कक्षामा ती ४ शिक्षकले माफी मागेको र विद्यार्थीले आफ्ना असन्तुष्टि पोखेको एक भिडियो बाहिरिएको छ ।तयस्तै कक्षामा विद्यार्थीका सामुन्ने ७ शिक्षक उभिएका छन् । शिक्षकहरुले गरेको अश्लिल म्यासेजका बारे विद्यार्थीले प्रधानाध्यापकलाई बेलिविस्तार लगाइरहेका छन् ।‘सर भएर विद्यार्थीको छातीको साइज सोध्ने । अहिलेबाट होइन, ४ वर्ष भयो यसरी टर्चर सहेको । घरमा के भन्ने ?’ रोइरहेको आवाजमा एक विद्यार्थीको आवाज निस्क्यो । उनको स्वर काँपिरहेको थियो । उनले थप भनिन्, ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ किन भन्ने ? ३–४ वर्षबाट मेन्टल टर्चर थियो, कलेज हाप्न मन लाग्ने । आउनै मन लाग्दैन ।’

    आफ्नै शिक्षकबाट लगातार अश्लिल म्यासेज आएपछिको दुख पौख्दै थिइन्, ती छात्रा विद्यार्थी । न उनले यतिन्जेल घरमा नै भन्न सकिन्, न कलेजमा नै । अहिले ती छात्राझैं अरु छात्राले पनि यातना भोगेको महसुस गरेपश्चात् सबैजना मिलेर कलेजमा कुरा राखे । आफ्नो मनको गुम्फनलाई बाहिर निकाले ।अर्की एक छात्राले बोल्न थालिन्, ‘ज्ञानेन्द्र सरले म्यासेज गर्नुभयो, गुड मर्निङ पनि भनेनौ भनेर । यस बारे मैले प्रदीप सर, जसलाई आइडल मान्थें उहाँसँग कुरा राखें । सरले झन् तिमै डिमान्ड रहेछ मात्र भन्नुभयो । यसको मिनिङ के हो ? मेन्टल इम्प्याक्ट पर्यो । यस असरको क्षतिपूर्ती कसरी दिनुहुन्छ ?’ती ‘आइडल’ भनिएका प्रदीप सर बोल्छन्, ‘मैले सरी भन्नु बाहेक अरु कुनै वर्ड नै छैन । अहिलेको होइन होला पनि ३ वर्ष पहिलेको होला ।’ विद्यार्थीहरु झन् आक्रोशित् बन्छन् । ‘भनेपछि आफ्नो गल्ति स्विकार्नुहुन्छ ?’ एक विद्यार्थीले भनिन् । कक्षाकोठामै ती शिक्षकले आफ्नो गल्ति पनि स्विकारेका छन् । ‘मेरो पार्टबाट गल्ति भएको हो, म माफि माग्न चाहन्छु,’ शिक्षकले भने ।

    कक्षामै रहेका कलेजका प्रिन्सिपल किरण केसी पनि ‘सर’ले माफी मागिसकेको कुरा बारम्बार दोहोर्याउँछन् । ‘सरले माफी मागिसक्नुभयो’ केसी बोल्दै गर्दा फेरि विद्यार्थीले रोक्छन् । र प्रश्न तेस्र्याउँछन्, ‘माफीले के हुन्छ ?’फेरि प्रिन्सिपल बोल्छन्, ‘यसमा मैले थोरै भनें। यो विषय शब्दले मात्रै हल हुँदैन, त्यो ट्रु छ । भित्रैबाट फ्रस्ट्रेसन होला, के होला, हामी बसेर पनि छलफल गरेर मैले एक्सप्रेस गर्न नसकुँला । यो इस्यु आयो, पुराना कुरा पनि आयो । समयमै थाहा पाएको भए पनि हुने ।’प्रिन्सिपलले समयमै थाहा नपाएको, माफी मागिसकेको जस्ता कुरा गरेपछि एक छात्रा आक्रोशित बन्छिन् । ‘तपाईंले नर्मल स्पिच दिएर के हुन्छ ? तैंले आज स्पिच दिएर के हुन्छ ? तेरो स्पिचले हामीलाई के मिल्छ ?’ उनको आक्रोश झल्कन्छ ।

    ४ शिक्षक नै निष्कासित

    ला ग्राण्डी कलेजले आफ्ना ४ शिक्षकलाई निष्कासन गरेको छ । विद्यार्थीलाई वर्षौंबाट बारम्बार अश्लिल म्यासेज गरेको पाइएपछि कलेजले शिक्षकहरुलाई निष्काशन गरेको हो । निष्कासन हुने शिक्षकमा प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल छन् ।निष्कासन गरिएको बारे बुझ्न कलेजका प्रिन्सिपल किरण केसीलाई सम्पर्क गरेपनि सम्पर्क हुन सकेन । कलेजकी एक छात्राका अनुसार यस घटनालाई बाहिर नल्याउने गरी कलेज प्रशासनले ती शिक्षकलाई निष्कासन गरेको हो । घटना बाहिर आए कलेजको इज्जतमा आँच आउने भन्दै कलेजले ती पीडित विद्यार्थीहरुलाई पनि बाहिर नल्याइदिन आग्रह गरेको छ ।

    तर पीडित विद्यार्थीहरु भने निष्कासनले केही नहुने र ती शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग राखेका छन् । अहिले ती शिक्षकले पोखरा कलेज अफ म्यानेजमेन्टमा पनि अध्यापन गराउने गरेकाले उनीहरुलाई सार्वजनिक रुपमै कारबाही गर्नुपर्ने पीडित विद्यार्थीहरुको माग छ ।पीडित विद्यार्थीहरुले शिक्षकले पठाएका अश्लिल म्यासेजको एउटा ‘प्रिजेन्टेसन’ नै बनाएर राखेका छन् । यसलाई कसरी बाहिर ल्याउने भन्ने बारे उनीहरु अहिले नै निर्णयमा भने पुगिसकेका छैनन् । तर त्यसलाई बाहिर नल्याउन कलेज प्रशासनले आग्रह गरिरहेको बुझिएको छ । स्रोतः नेपाल प्रेस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution