• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यार्थीलाई अश्लिल मेसेज पठाउने चार शिक्षक निष्कासन, घटना बाहिर नल्याउन प्रिन्सिपलको आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
    20200418024154_Clipboard08

    Advertisement

    पोखरा।पोखराको ला ग्राण्डी कलेजका ४ जना शिक्षक प्रकाउ परेका छन् । विद्यार्थीलाई लगातार अश्लिल मेसेज पठाउने गरेपछि उनीहरुलाई प्रकाउ गरिएको हो ।वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना अहिले बाहिरिएको छ । कक्षामा ती ४ शिक्षकले माफी मागेको र विद्यार्थीले आफ्ना असन्तुष्टि पोखेको एक भिडियो बाहिरिएको छ ।तयस्तै कक्षामा विद्यार्थीका सामुन्ने ७ शिक्षक उभिएका छन् । शिक्षकहरुले गरेको अश्लिल म्यासेजका बारे विद्यार्थीले प्रधानाध्यापकलाई बेलिविस्तार लगाइरहेका छन् ।‘सर भएर विद्यार्थीको छातीको साइज सोध्ने । अहिलेबाट होइन, ४ वर्ष भयो यसरी टर्चर सहेको । घरमा के भन्ने ?’ रोइरहेको आवाजमा एक विद्यार्थीको आवाज निस्क्यो । उनको स्वर काँपिरहेको थियो । उनले थप भनिन्, ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ किन भन्ने ? ३–४ वर्षबाट मेन्टल टर्चर थियो, कलेज हाप्न मन लाग्ने । आउनै मन लाग्दैन ।’

    आफ्नै शिक्षकबाट लगातार अश्लिल म्यासेज आएपछिको दुख पौख्दै थिइन्, ती छात्रा विद्यार्थी । न उनले यतिन्जेल घरमा नै भन्न सकिन्, न कलेजमा नै । अहिले ती छात्राझैं अरु छात्राले पनि यातना भोगेको महसुस गरेपश्चात् सबैजना मिलेर कलेजमा कुरा राखे । आफ्नो मनको गुम्फनलाई बाहिर निकाले ।अर्की एक छात्राले बोल्न थालिन्, ‘ज्ञानेन्द्र सरले म्यासेज गर्नुभयो, गुड मर्निङ पनि भनेनौ भनेर । यस बारे मैले प्रदीप सर, जसलाई आइडल मान्थें उहाँसँग कुरा राखें । सरले झन् तिमै डिमान्ड रहेछ मात्र भन्नुभयो । यसको मिनिङ के हो ? मेन्टल इम्प्याक्ट पर्यो । यस असरको क्षतिपूर्ती कसरी दिनुहुन्छ ?’ती ‘आइडल’ भनिएका प्रदीप सर बोल्छन्, ‘मैले सरी भन्नु बाहेक अरु कुनै वर्ड नै छैन । अहिलेको होइन होला पनि ३ वर्ष पहिलेको होला ।’ विद्यार्थीहरु झन् आक्रोशित् बन्छन् । ‘भनेपछि आफ्नो गल्ति स्विकार्नुहुन्छ ?’ एक विद्यार्थीले भनिन् । कक्षाकोठामै ती शिक्षकले आफ्नो गल्ति पनि स्विकारेका छन् । ‘मेरो पार्टबाट गल्ति भएको हो, म माफि माग्न चाहन्छु,’ शिक्षकले भने ।

    कक्षामै रहेका कलेजका प्रिन्सिपल किरण केसी पनि ‘सर’ले माफी मागिसकेको कुरा बारम्बार दोहोर्याउँछन् । ‘सरले माफी मागिसक्नुभयो’ केसी बोल्दै गर्दा फेरि विद्यार्थीले रोक्छन् । र प्रश्न तेस्र्याउँछन्, ‘माफीले के हुन्छ ?’फेरि प्रिन्सिपल बोल्छन्, ‘यसमा मैले थोरै भनें। यो विषय शब्दले मात्रै हल हुँदैन, त्यो ट्रु छ । भित्रैबाट फ्रस्ट्रेसन होला, के होला, हामी बसेर पनि छलफल गरेर मैले एक्सप्रेस गर्न नसकुँला । यो इस्यु आयो, पुराना कुरा पनि आयो । समयमै थाहा पाएको भए पनि हुने ।’प्रिन्सिपलले समयमै थाहा नपाएको, माफी मागिसकेको जस्ता कुरा गरेपछि एक छात्रा आक्रोशित बन्छिन् । ‘तपाईंले नर्मल स्पिच दिएर के हुन्छ ? तैंले आज स्पिच दिएर के हुन्छ ? तेरो स्पिचले हामीलाई के मिल्छ ?’ उनको आक्रोश झल्कन्छ ।

    ४ शिक्षक नै निष्कासित

    ला ग्राण्डी कलेजले आफ्ना ४ शिक्षकलाई निष्कासन गरेको छ । विद्यार्थीलाई वर्षौंबाट बारम्बार अश्लिल म्यासेज गरेको पाइएपछि कलेजले शिक्षकहरुलाई निष्काशन गरेको हो । निष्कासन हुने शिक्षकमा प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल छन् ।निष्कासन गरिएको बारे बुझ्न कलेजका प्रिन्सिपल किरण केसीलाई सम्पर्क गरेपनि सम्पर्क हुन सकेन । कलेजकी एक छात्राका अनुसार यस घटनालाई बाहिर नल्याउने गरी कलेज प्रशासनले ती शिक्षकलाई निष्कासन गरेको हो । घटना बाहिर आए कलेजको इज्जतमा आँच आउने भन्दै कलेजले ती पीडित विद्यार्थीहरुलाई पनि बाहिर नल्याइदिन आग्रह गरेको छ ।

    तर पीडित विद्यार्थीहरु भने निष्कासनले केही नहुने र ती शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग राखेका छन् । अहिले ती शिक्षकले पोखरा कलेज अफ म्यानेजमेन्टमा पनि अध्यापन गराउने गरेकाले उनीहरुलाई सार्वजनिक रुपमै कारबाही गर्नुपर्ने पीडित विद्यार्थीहरुको माग छ ।पीडित विद्यार्थीहरुले शिक्षकले पठाएका अश्लिल म्यासेजको एउटा ‘प्रिजेन्टेसन’ नै बनाएर राखेका छन् । यसलाई कसरी बाहिर ल्याउने भन्ने बारे उनीहरु अहिले नै निर्णयमा भने पुगिसकेका छैनन् । तर त्यसलाई बाहिर नल्याउन कलेज प्रशासनले आग्रह गरिरहेको बुझिएको छ । स्रोतः नेपाल प्रेस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution