काठमाडौं । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ ।‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि उत्तिकै लोभलाग्दो छ भन्ने पुष्टि गर्छ ।
महापुरुषको प्रदर्शनले तीनवटा स्पष्ट सन्देश दिएको छ । पहिलो- हरिवंशको लोकप्रियतामा कमी आएको छैन । दोस्रो- उनी बक्स अफिसका अब्बल खेलाडी पनि हुन् । तेस्रो- अघिल्लो र अहिलेको पुस्तालाई जोड्ने जादू उनमा छ ।पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ । यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१