• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माणअघि बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर २९, बिहिबार (३ साल अघि)
    thumb

    Advertisement

    पाल्पा।विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ ।करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो ।रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माणको काम सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो ।पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने चार सय ५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण कार्य हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णुभट्टराई बताउनुहुन्छ । स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उहाँले बताउनुभयो । रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन । सो सडकखण्डमा कालीगण्डकी करिडोर सडक योजनाको डिपिआरअनुसार नै निर्माण हुने उहाँले बताउनुभयो ।वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराई बताउनुहुन्छ । “पानी परेपछि बाटो हिलाम्य भएर सडक वारपार गर्र्नै नसक्ने अवस्था थियो, मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्, विवादले रोकिएको सडक अहिले निर्माणको कामले स्थानीय उत्साहित भएका छन्”, उहाँले भन्नुभयो ।

    सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन । रिट दायर पक्ष र रामपुर नगरपालिकाबीच छलफल हुँदा एक/दुई मिटर तलमाथि मिलाएर काम गर्ने सहमती भएपछि रिट दायर पक्षले निवेदन निकालेर काम गर्न खोज्दा सार्वजनिक जग्गा संरक्षणको पक्षमा रहेका स्थानीयले चउर मिच्न नपाइने भन्दै काम रोकिन पुगेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभयो ।

    “सहमतिपश्चात् सडकको उत्तरतर्फको भागमा (बस्ती बसोबास जोडिएको) नाली खन्ने काम गरियो, दक्षिणतर्फको भागमा ९सार्वजनिक चउर० खन्ने क्रममा स्थानीयबाट चउर मिचिने भयो भन्दै अवरोध भएपछि काम बन्द गर्नुप¥यो, पहिलाको सहमतिअनुसार काम नभएपछि मापदण्डअनुसार गत मङ्सिर २६ गतेदेखि सडक निर्माणको काम सुरु गरिएको छ”, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।“स्थानीयको विवादले लामो समयसम्म काम हुन सकेन, यात्रुले सास्ती खेप्नु परेको छ”, उहाँले भन्नुभयो, “नगरभित्रका सञ्चालित राष्ट्रिय गौरवका आयोजना, नगर गौरव र वडा गौरवका योजनामा परेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर काम गरिनेछ ।”योजना सञ्चालनमा बाधा पु¥याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचनासमेत हटाउने नगर प्रमुख थापाले बताउनुभयो । विवादले रोकिएको सडकमा यसभन्दा अघि पटकपटक स्थानीय तथा यात्रुले काम सुचारु गर्न स्थानीय सरकार, कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गर्दै आएका थिए । केही व्यक्तिको अवरोधले गर्दा रामपुर क्षेत्रमा अधिकांश स्थानमा कालीगण्डकी करिडोरका काम सम्पन्न भइसक्दा मटेरी ठूलोटार र भलायटार क्षेत्रमा अलपत्र रहँदा सडक नै कुरुप बनेको छ । कालीगण्डकी करिडोर सडक निर्माणको योजनाले रामपुर क्षेत्रमा विकासको गति अगाडि बढाएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution