
चितवन।भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थी माथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।
’विद्यार्थीहरुले कलेजको कक्षा ११ मा पढ्ने छात्राहरुमाथि कम्प्यूटर ल्याबमा काम गर्ने शिक्षकद्वारा यौन दुव्र्यवहार भएको आरोप लगाएका छन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१