• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
    Mauripalan_e1AretLwnV

    Advertisement

       त्रिवेणी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन् । अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको छ । नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरणका लागि किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्दछन् । पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्यूठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ । अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो । थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या क्रमशः बढ्दै गएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाँको भनाइ छ । महको प्रयोग स्वाथ्यका लागि लाभप्रद भएकाले यसको माग बढ्दै गएको छ । कोभिड–१९ महामारीपछि महको खपत झन् बढेको छ । “महको माग बढ्दै गएको छ, यो मौरीपालक किसानका लागि खुशीको कुरा हो, यसले उत्पादित महको बजारीकरणमा समस्या हुँदैन, कोभिड–१९ पछि महको खपत झन् बढेको छ, किसान उत्साहित छन्”, अध्यक्ष कँडेलले भन्नुभयो ।

    नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएको अध्यक्ष कँडेलले बताउनुभयो । मौरीपालन व्यवसायबाट मनग्य आम्दानी लिँदै आएको विगत दुई दशकअघिदेखि मौरीपालन गर्दै आउनुभएका राजेन्द्र रावलले बताउनुभयो । आफूले उत्पादन गरेको महको बजारीकरणमा समस्या नभएको उहाँले बताउनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको अनुदानमा उहाँले मह प्रशोधन केन्द्रसमेत स्थापना गर्नुभएको छ । करिब रु ३३ लाखको लागतमा प्रशोधन केन्द्र स्थापना गरेपछि उत्पादित महलाई प्रशोधन गरेर बजार पु¥याउन थप सहयोग मिलेको रावलले बताउनुभयो । एक घारबाट सुरु गरेको मौरी एक सय घार बढी पुगेको उहाँको भनाइ छ । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो ।

    कावासोतीका मौरीपालक किसान चण्डिका लामिछानेका अनुसार मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुने गरेको बताउनुभयो । स्थानीयरूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो । फूल खेल्ने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको लामिछानेले बताउनुभयो । “तोरी फुल्दा केही समय चरण सहज हुन्छ, तर कतिपय फूल खेल्ने रैथाने बाली लगाउने क्रम घट्दो छ, यसले मौरी चरनको क्षेत्र साँघुरिँदै गएको छ”, उहाँले भन्नुभयो । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरीजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठिक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्नसमेत छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको लामिछानेले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष कँडेलका अनुसार यस वर्ष जिल्लामा करिब ३० मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित मह स्थानीय बजारदेखि नजिकका सहरमा खपत हुने गरेको उहाँले बताउनुभयो । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution