• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चिसो बढेसँगै आगोको सहारामा तराइका सर्वसाधारण   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १३, बुधबार (३ साल अघि)
    cold-in-terai

    Advertisement

       वीरगञ्ज  ।विगत एक हप्तादेखि तराईमा बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी सताइएका छन् । दिनभरि काम गरी एक छाक टार्ने गरिब र निमुखा परिवार अहिले आगोको भरमा दिन बिताउन बाध्य छन् । बिहानदेखि बेलुकासम्म कठ्याङ्ग्रिदो चिसो हुने गरेकाले दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन बिताउने गरेको उनीहरुको भनाइ छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण छाप्रोमा बस्ने स–साना बालबालिका तथा वृद्धवृद्धालाई बढी सताएको छ । चिसो बढेसँगै न्यानो कपडाको अभावका कारण आगोको भरमै दिर्न बिताउने गरे पनि रातिको समयमा परालले बनाएको चटाईको भरमा रात बिताउने गरिएको पीडितहरुको भनाइ छ । रातिको समयमा बाक्लो हुस्सुसँगै शीतलहर पर्न थालेपछि शीतलहरको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्न पनि समस्या हुन थालेको छ तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयवासीको भनाइ छ ।

    महानगरपालिकाले तार व्यवस्थित गर्दै

    वीरगन्ज महानगरपालिकाले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार व्यवस्थापन गरेको छ ।नगरभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार हटाएको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्म बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ । जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिगार्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले तर व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै काम थालिएको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलमा टाँगिएका तार काटेर हटाएको थियो । महानगर प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरको सूचना प्रविधि शाखाका वृजेश प्रधानले जानकारी दिनुभयो ।

    महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार तान्दा तोकिएअनुसार मात्रै गर्न सूचना जारी गरेको छ ।    चिसोे बढेपछि धनुषासहित मधेसका जनजीवनमा असर धनुषासहित मधेस प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ ।चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भिड लाग्ने गरेको छ । चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका–१४ की रञ्जना झाले बताउनुभयो ।  “चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ”, उहाँले भन्नुभयो,“न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने भो ।” चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासि जाडो बढेपछि मुक्त विपन्न दलित, सीमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदूर र किसानलाई काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहनुभएका मजदूर राम सनेही सदाले बताउनुभयो । “जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ”, उहाँले भन्नुभयो ।यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका दिपो यादवले भन्नुभयो, “सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसोमा पनि सिँचाईका लागि दमकल चलाउन खेत आएको छु।”चिसोले गर्दा काममा जान नसकेको मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाको गुनासो थियोे। उहाँले भन्नुभयो, “दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।”
    चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाए । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताउनुभयो । उहाँले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने उल्लेख गर्नुभयो । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उहाँको सुझाब थियो । अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका प्रोपराइटर रमेशप्रसाद गुप्ताले बताउनुभयो। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपीलगायत कपडाहरु बढी खपत हुने गरेको छ।    (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution