


काठमाडौं।विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा आइपुगेका छन् । क्रिसमस बिदामा पत्नीसहित उनी काठमाडौं आइपुगेका हुन् ।उनले ६ दिनसम्म योङ्गे मिङ्गयुर रिन्पोछेसेसँग बौद्ध दर्शनबारे कक्षा लिएको जनाएका छन् । उनले यसपटकको क्रिसमस बिदालाई आफ्नो जीवनको विशेष बिदाको रुपमा लिएका छन् ।

उनी लेख्छन्, ‘यो मेरो जीवनको सबैभन्दा विशेष क्रिसमस सातामध्ये एक थियो। म र मेरो परिवारले नेपालमा योङ्गे मिङ्गयुर रिन्पोछेसँग छ दिन अध्ययन गर्यौं। हामीलाई अद्भुत शिक्षा दिनको लागि यो छुट्टीमा समय बिताएकोमा म रिन्पोछेको धेरै प्रशंसा गर्छु। हाम्रा धेरै महान् गुरुहरूलाई देख्न र पवित्र स्थानहरूको भ्रमण गर्न पाउँदा हामीले भाग्यशाली महसुस गर्यौं ।’







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१