• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थारु समुदायमा माघीको चहलपहल   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १७, आईतबार (३ साल अघि)
    maghi-tharu

    Advertisement

    देउखुरी ।  माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ ।     थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।  थारु बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका विष्णु चौधरीले बताउनुभयो । माघि नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि तयारी भइरहेको छ ।
    गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको उहाँले बताउनुभयो । ढिक्री पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ ।

    थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । माछासँगै गँगटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको थारु अगुवा पूर्ण चौधरी बताउनुहुन्छ । “थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भन्नुभयो । माघलाई विभिन्न ठाउँका थारु समुदायले आआफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारु समुदायका अधिकांश छोरीहरू कमलरी थिए । उनीहरू माघीका दिनमा मात्रै छुट्टी पाउँथे त्यसैले यसलाई उनीहरूले मुक्ति दिवसका रुपमा मनाउने गरेको मुक्त कमलरी विकास मञ्चका केन्दीय अध्यक्ष हिरा चौधरी बताउनुहुन्छ ।

    माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही –१७ कर्जाहीका राजकुमारी चौधरी बताउनुहुन्छ । “ढिक्री, रोटी, माछा र घोङ्गीको परिकार बनाउँदै छौँ, माघीको सम्पूर्ण तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “खानाको परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, घर बाहिर भएका मानिस घरमा आउँछन्, गाउँमा छुट्टै चहलपहल र भेटघाट हुने भएकाले रमाइलो हुन्छ, कर्जाही थारु समुदायको बाक्लो बस्ती भएको ठाउँ हो, अन्य खेतीपातीका काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबाबा, दाजुभाई दिदीबहिनी जुट्नुभएको छ ।”थारु समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरुपमा लिइँदै आएको महेन्द्र मावि धर्नाका शिक्षक घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले माघमा नाचगान, खानपिनलाई विशेष महत्वका साथ हेर्ने गरेको बताउनुभयो । “पुसको २५ देखि माघको ५ गतेसम्म गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ”, उहाँले भन्नुभयो ।

    माघ महोत्सवको तयारी तीव्र    

    थारु कल्याणकारिणीसभा दाङको आयोजनामा यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तीव्र बनाइएको थारु कल्याणकारीसभा दाङका सभापति भुवन चौधरीले जानकारी दिनुभयो । ‘आर्थिक जागरण व, सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितको समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजनामा हुन गइरहेको महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ ।  महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाको भेलाले थारु कल्याणकारिणीसभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा एक सय २१ सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरिएको चौधरीले जानकारी दिनुभयो ।

    यसैगरी ११ स्वयंसेवक परिचालन उपसमिति र महोत्सव प्रचारप्रसार समिति गठन गरिएको छ । अन्य महोत्सवभन्दा पृथक र नयाँपन दिनुपर्ने भएकाले यो फरक भएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति रहने बताउनुभयो । महोत्सवस्थल जिल्ला समन्वय समितिको प्राङ्गण सरसफाइ गरेर कक्ष राख्नका लागि तयारी गरिएको छ ।दुईदिने महोत्सवमा मघौटा, छोक्रा, हुडुङ्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौँ थारु भाषाका पुस्तक प्रदर्शनीका लागि राखिने उहाँले बताउनुभयो । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गँगटालगायत परिकारसमेत बिक्री वितरणका लागि राखिनेछ ।   (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution