


काठमाडौं।टोपी दिवस सँगसँगै सारी दिवसको माग गरिएको छ । टोपी दिवस स्थापित हुनेक्रमसँगै महिलाको पोशाक माथिको सम्मानका लागि पनि नयाँ अभियान अगाडी बढ्नु पर्ने माग हुन थालेको हो ।यो अभियानको थालनी कर्ता मध्येका डा.लेखनाथ काफ्ले र शंकर बन्जाडे लेख्छन, ‘स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लाग्यो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा स्थापित भइसकेको छ ।’ तर अब सारी दिवस पनि मनाउनु पर्ने उनीहरुको भनाइ छ ।

टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउन थालेका छन् । केहि वर्ष अघिसम्म छिटफुट रुपमा मात्रै देखिने गरेकोमा पछिल्ला बर्षहरुमा यसले अभियानकै रुप लिन थालेको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१