
कास्की।मादीका निर्वतमान वडाध्यक्ष घरमै जलेको अवस्थामा मृत भेटिएका छन् । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका हुन् ।निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको हो ।
सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१