
बाँके।बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का साढे २ बर्षका बालकको हिजो मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।उनको उपचारको क्रममा मृत्यु भएको हो। केही दिन यता उपमहानगरपालिकामा दादुर रोग फैलिएको छ। ५,७ र ८ नम्बर वडामा दादुरा फैलिएको उनले बताए।
हालसम्म २४ जनामा दादुरा देखिएको स्वास्थ्यशाखा प्रमुख चन्दले बताए। उनीहरुमा ज्वरो आउने, जीउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग लगायत लक्षण देखिएको छ।चन्दकाअनुसार विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी भइरहेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१