
पोखरा । पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनामा बेपत्ता भएका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ भने ३ जना अझै बेपत्ता छन् । काठमाडौंबाट पोखराको लागी उडेको यति एयरको जहाज पोखरा सेतीनदीको खोँचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए । जसमध्ये ६९ जनाको शव फेला परेको हो । गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ । प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१