
निगमकाअनुसार कम्पनी अझै १७ अर्ब ३० करोड रुपैयाँ ऋणमा छ । ‘भारतीय आयल कर्पोरेसनको बक्यौता ११ अर्ब र सरकारी ऋण ७ अर्बको सावाँ र ब्याजको दायित्वमा निगम छ,’ निगमले भनेको छ, ‘उतार चढावपूर्ण अन्तर्राष्ट्रिय बजारको तेलको मूल्यका कारण पनि हाललाई खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको छ ।’हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर खुद्रा मूल्यमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य १ हजा ८ सय रुपैयाँ छ ।