कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार कावासोती १६ चालिसकिलोमा प्रहरीले गरेको चेकिङको क्रममा चितवन भरतपुर महानगरपालिका १६ बस्ने बर्ष २३ का सविन तामाङलाई आगुऔषध सहित पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ८ ख ८८५ नम्बरको बसमा सवार तामाङको साथबाट प्रहरीले फेनारागन– २१ एम्पुल, नुर्फिन– २१ एम्पुल, डाईजापाम– २१ एम्पुल लागुऔषध बरामत गरेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१