• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    निकुञ्जमा सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १२, बिहिबार (३ साल अघि)
    anugaman1

    Advertisement

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । चोरी शिकारीबाट गैँडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणले निकुञ्जको सुरक्षा मजबुत पार्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । रातको समयमा पनि सेनाहरुले सुरक्षा पहरा दिन थालेपछि संरक्षणसँगै मानवीय अन्य अप्रिय घटना रोकिने भन्दै नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा भने खुसी छन् । “माघको ७ गते रातिदेखि नै सेनाको गस्ती टोली गाउँमा आउन थालेका छन्” नवलपुरको मध्यबिन्दु–३ का जीवाखर पौडेलले भन्नुभयो, “रातिमा समेत सेनाको गस्ती हुन थालेपछि हामी ढुक्कसँग सुत्नसक्ने अवस्थामा पुग्यौँ ।” सेनाको गस्तीले जङ्गली जनावरको सुरक्षासँगै गाउँमा हुने चोरी तथा अन्य अप्रिय घटना पनि रोकिने पौडेलको विश्वास छ । “सेनाले गस्ती बढाएपछि रातिमा हुने चोरीसहितका धेरै घटना रोकिन्छन्”, पौडेलले भन्नुभयो, “रातिमा खोरबाट बाख्रा चोरी हुने तथा घरभित्रैबाट सामान चोरी हुने घटना पनि रोकिन्छन् ।” यसअघि बाख्रा खोरमा थुनेर सुतेका स्थानीयको बिहान उठ्दा खोरबाट खसीबोका हराउने गरेका थिए ।

    चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टमा खटिएका सुरक्षाकर्मीले यहाँ पहरा दिइरहेका छन् । मध्यबिन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले सेनाको गस्ती बढेसँगै रातिको समयमा हुने वन्यजन्तुको चोरी शिकारी तथा अन्य घटना रोकिने बताउनुभयो । “स्थानीय संरक्षणमा सचेत भएकाले दिउँसोको समयमा वन्यजन्तु चोरी शिकारीका घटना हुन पाउँदैनन्”, महतोले भन्नुभयो, “रातिको समयमा सेनाले गस्ती बढाएपछि वन्यजन्तुको चोरी शिकारी पनि कम हुन्छ । वन्यजन्तुको संरक्षणका लागि सेना र निकुञ्जसँगै मध्यवर्तीका बासिन्दाको भूमिका महत्वपूर्ण रहेको वडाध्यक्ष महतोले बताउनुभयो । “निकुञ्ज र सेना मिलेर गाउँगाउँमा युवालाई परिचालन गर्नेगरी समिति बनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पहिले निर्माण भएका चोरी शिकारी नियन्त्रण अभियान अहिले निस्कियजस्तै भए, फेरि सक्रिय बनाएर संरक्षणमा जुट्नुपर्छ ।” वन तथा वन्यजन्तु अमूल्य सम्पत्ति भएका भन्दै वडाध्यक्ष महतोले यसको संरक्षणमा स्थानीयलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका गणपति प्रमुख सेनानी शशीकुमार कार्कीले तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको बताउनुभयो । “हामीले लामो समयसम्म जिरो पोचिङ राख्न सफल भएका थियौँ, एक्कासि माघ ६ गते नयाँ तरिकाले घटना भयो, त्यसले हामीलाई थप संवेदनशील बनाएको छ”, उहाँले भन्नुभयो, “हामीले सम्भावित घटना हुने ठाउँ पहिचान गरेर राति अस्थायीरुपमा पोस्ट स्थापना गरेर गस्ती गर्ने गरेका छौँ ।” सेनाले आवश्यकताअनुसार निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहभागी गराएर संयुक्त गस्ती गर्ने गरेको कार्कीको भनाइ छ । “मध्यवर्ती क्षेत्रका बासिन्दाबाट हामीलाई सूचना प्राप्त हुन्छ र सोहीअनुसार हामीले संयुक्त गस्ती बढाएका छौँ”, गणपति कार्कीले भन्नुभयो, “तस्करले नयाँ प्रविधि अपनाएर गैँडा मार्न थालेपछि त्यसको नियन्त्रणका लागि हामी थप सक्रिय भएर लागेका छौँ ।” माघ ६ गते भएको घटनाबाट गम्भीर भएर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी अगाडि बढेको कार्कीले बताउनुभयो ।

    निकुञ्जमा सेनाले पैदल, साइकल, गाडी, हात्ती र डुङ्गाबाट नियमित गस्ती गरिरहेको गणपति कार्कीले बताउनुभयो । कार्कीका अनुसार निकुञ्जमा घटनाको अनुसन्धान र सुरक्षाका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने गरिएको छ । तस्करले गँैडा मारेपछि गस्तीमा कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी कार्यलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।

    निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको एकल र निकुञ्ज प्रशासनसहितको संयुक्त गरी ५७ पोस्ट छन् । माघ ६ गते चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्ट नजिक नारायणी नदीका बगर क्षेत्रमा दुई गैँडा मृत भेटिएका थिए । मध्यबिन्दु नगरपालिका–२ नन्दपुरमा पर्ने सो स्थानमा स्थानीयको सूचनाको आधारमा घटनास्थल पुग्दा गैँडाको माउ तथा बच्चा मृतावस्थामा भेटिएका निकुञ्जले जनाएको छ ।

    चार वर्षीय भाले बच्चा र १४ वर्षीय माउको मृत्युबारे अनुसन्धान गर्दा विद्युतीय धरापमा पारेर मारिएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मृतावस्थामा फेला परेको गैँडाको खाग काटेर लगेका कारण पनि चोरी शिकारीबाट गैँडा मरेको पुष्टि भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ११ गैँडा मरेका छन् ।

    मृत भेटिएकामध्ये आठ गैँडा कालगति, दुई गैँडा चोरी शिकारी तथा एउटा गैँडा बस्ती पस्ने क्रममा विद्युतीय धरापमा परेर मरेको निकुञ्जले जनाएको छ । सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । विसं २०७८ साउनपछि चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution