• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अमलटारी क्षेत्र गैँडाका लागि असुरक्षित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
    1584330187Raino

    Advertisement

    भरतपुर ।चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ।पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि असुरक्षित देखिएको विज्ञहरूले औँल्याएका छन्। गैँडामा विद्यावारिधि गर्नुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले यो क्षेत्रमा गैँडा धेरै मरेकाले यसको यकिन पहिचानका लागि अध्ययन हुनुपर्ने बताउँछन्।“प्राकृतिक कारणले मर्ने मात्रै हैन, अमलटारी क्षेत्रमा अहिले चोरी सिकारीले पनि गैँडा मार्न थाले,” प्रमुख डा लामिछानेले भने, “यो क्षेत्रमा प्राकृतिक र मानवीय रूपमै किन गैँडा मरिरहेका छन् भनेर हामीले पनि अध्ययन गर्नुपर्ने अवस्था आयो।”निकुञ्जमा चालू आर्थिक वर्षको छ महिनामै ११ वटा गैँडा मरेका छन्। यसरी मरेकामध्ये चोरी सिकारीले विद्युतीय धरापमा पारेर मारेका दुईसहित आठवटा गैँडा अमलटारी र यसवरपरका क्षेत्रका भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । पछिल्लो पटक गत शुक्रबार पूर्वी नवलपरासी जिल्लामा पर्ने अमलटारी क्षेत्रमा चोरी सिकारीले विद्युतीय धरापमा पारी मारेका माउ र बच्चा गैँडाको शव फेला परेको थियो।

    अमलटारी क्षेत्रमा चोरी सिकारीले गैँडा मार्नुमा सुरक्षा कमजोरीलाई प्रमुख कारण औँल्याइएको छ। निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव गैँडा मर्नु र मारिनुमा सुरक्षा कमजोरी नै प्रमुख कारण ठान्छन्।“गैँडा मर्ने क्रम बढेकै बेला चोरी सिकारीले पनि निशाना यही क्षेत्रमा बनाएका पाइन्छ। यसले सुरक्षा चुनौती थपियो,” निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका यादवले भने। गैँडा मारिनुमा उहाँको थप भनाइ थियो, “गैँडाकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीको सक्रियता पनि अहिले कम भयो।”नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म पनि गैँडा देख्न सकिने भएकाले चोरहरूलाई पनि सहज भएको बताइन्छ। अमलटारी क्षेत्रमै पर्ने लामीचौर सामुदायिक मध्यवर्ती वन उपभोक्ता समितिका सचिव लेखनाथ दवाडी निकुञ्ज प्रशासन र सुरक्षामा खटिएका सेनाको हेलचेक्य्राइँले सिकारी गैँडा मार्न सफल भएको बताउँछन् ।“गैँडाका लागि नियमित निगरानी र गस्ती पुगेन,” उनले भने, “सिकारीले यति लामो बिजुलीको तार तानेर धराप थाप्दा पनि निकुञ्ज प्रशासनको ध्यान नपुग्नु हेलचेक्य्राइँ हो ।” गोरखापत्रबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution