• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर–पोखरा सडकको प्रगति ८ प्रतिशत मात्रै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
    received_1713398805510620

    Advertisement

    कावासोती ।नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति ८ प्रतिशत मात्रै  पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँको मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी लामा गौरीशंकर जेभीले विसं २०७९ वैशाखमा सडक निर्माणको जिम्मा पाएको थियो । ५१ करोड लागतमा निर्माण गरिने भनिएको भए पनि निर्माण कम्पनीले ३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पूर्वाधार विकास कार्यालय नवलपुरका इन्जिनियर विष्णु पौडेलले जानकारी दिए । नवलपुरको झ्यालबासदेखि डेढगाउँसम्म १४ दशमलव १ किलोमिटर लम्बाइ रहेको सडक २ लेनको बन्ने तथा कालोपत्रको भाग ७ मिटरको रहने इन्जिनियर पौडेलले जानकारी दिए । अहिले दैनिक रूपमा ४० देखि ५० कामदारले काम गरिरहेको र डाँडा काट्ने काम भइरहेको छ । ‘अहिले बाटो फराकिलो पार्ने, डाँडा काट्ने र माटो हालेर पुर्नुपर्ने ठाउँमा काम भइरहेको छ’, पौडेलले भने ।

    गत वैशाखमा सम्झौता भएको भए पनि वर्षाको समयमा काम गर्न नसकिएको र निर्माण सामग्री पर्याप्त नभएकाले अपेक्षित भौतिक प्रगति हुननसकेको लामा गौरीशंकर जेभीका सञ्चालक पेमा लामाले बताए । सडक निमार्णका लागि कालीगण्डकी नदीबाट गिट्टी, बालुवा निकाल्न पाइने भनिएको तर त्यहाँबाट निकाल्न नपाउँदा निर्माणको कामले गति लिन नसकेको लामा बताउँछन् । ‘नजिकै रहेको कालीगण्डकी नदी तथा अन्य खोलाबाट गिट्टी बालुवा निकाल्न पाइएको छैन, त्यसैले काममा ढिलाइ भएको छ, टाढाबाट ल्याउँदा लागत बढी पर्छ, नजिकका खोलाबाट निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेका छौं’, लामाले भने । नवलपुरलाई प्रदेश राजधानी पोखरा जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा निर्माण हुन लागेको यस सडकले नवलपुरको दुम्किबास हुँदै गण्डकी प्रदेशको भारतसँगको एकमात्र नाका त्रिवेणीलाई प्रदेश राजधानीसँग जोड्नेछ । त्रिवेणी–कोरला जोड्ने गण्डकी प्रदेश सरकारको गौरवको योजनाको एउटा खण्ड रहेको यो सडक निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्रका जनताको आर्थिक स्तर उकासिने मात्रै नभएर सम्रग नवलपुरको विकासको आधारशिला बन्ने निवर्तमान प्रदेशसभा सदस्य विष्णु लामिछानेले बताए । गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गत वर्ष फागुन १० गते शिलन्यास गरेको सडक विसं २०८१ असोजसम्ममा सम्पन्न हुने जनाइएको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution