
चितवन।चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गरेका छन् ।भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले आज दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । किसान संघर्ष समिति चितवनको आयोजनामा उनीहरुले टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले सडकमै तरकारी फालेर बिरोध गरेका हुन् ।
‘प्रदर्शनकर्ताले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’, किसान मारा दलालहरु होसियार, रासायनिक मलको उचित मुल्य धरमरमा, ३००० तिरे घरघरमा, कृषि क्रान्ति जिन्दावाद, किसानमारा अनुदान नीति बन्द गर लगाएतको नारा लगाएका थिए । किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालको नेतृत्वमा किसानहरुले आन्दोलन गरेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१