
काठमाडौँ। सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ । सन् २०२१ र २२ मा गरिएको खोजका आधारमा खगोलविद्हरुले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका हुन् । योसँगै बृहस्पतिमा अब ९२ वटा चन्द्रमा भएका छन् । यसअघि शनि ग्रहमा सबैभन्दा धेरै ८३ वटा चन्द्रमा भएको पुष्टि भएको थियो ।इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टर ९एमपीसी० ले सञ्चालन गर्ने स्मिथसोनियन एस्ट्रोफिजिकल अब्जर्भेटरीले यी १२ वटा चन्द्रमा पत्ता लगाएको हो । थपिएका चन्द्रमासहित बृहस्पतिमा यसअघि पहिचान भएकामध्ये १५ प्रतिशतले वृद्धि भएको अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।
पत्ता लागेका नयाँ उपग्रहको आकार ० दशमलव ६ माइलदेखि २ माइलसम्म रहेका छन् । आउँदो अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान समेत प्रक्षेपण गर्दैछ । त्यस्तै अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र ९नासा० ले पनि आउँदो वर्ष अर्को यान प्रक्षेपणको तयारी गरेको छ ।खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी नै छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१