पोखरा । बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो । तत्कालीन प्रजिअ रमेश ढकालको धादिङमा सरुवा भएसँगै बागलुङमा प्रजिअ रिक्त थियो । सहसचिव नेत्रप्रसाद सुवेदी जाने भनिएपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गएसँगै श्रेष्ठलाई पठाइएको हो । गृह मन्त्रालयले केही समयअघि ठूलो संख्यामा सिडिओको सरुवा गरेको थियो । मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढंगले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१