
काठमाडौं ।काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो ।मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन ।
प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१