
जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १२ करोड ९२ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपी पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।मंगलबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार हुँदा २१५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधि हाइड्रोपावर, आदर्श लघुवित्त र रिडी हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेबलमा बन्द भएको छ ।