
काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार १ महिनामै ढलेको छ । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा रहेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको हो । संसदमा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदमा उपस्थित नै नभएपछि प्रदेश सरकार ढलेको हो प्रदेश सभाका सभामुख भीम भण्डारीले प्रस्ताव सुनाएलगत्तै सत्तापक्षका सांसदले मत विभाजन गर्न माग गरेका थिए तर छलफल गर्ने प्रस्तावमा मत विभाजन गराउने नियमावलीमा व्यवस्था नभएको भन्दै मत विभाजन गराएनन् । प्रदेश सरकार ढलेसँगै प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत माग्दै राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
प्रदेश सभाका सभामुख भीम भण्डारीले प्रस्ताव सुनाएलगत्तै सत्तापक्षका सांसदले मत विभाजन गर्न माग गरेका थिए तर छलफल गर्ने प्रस्तावमा मत विभाजन गराउने नियमावलीमा व्यवस्था नभएको भन्दै मत विभाजन गराएनन् । प्रदेश सरकार ढलेसँगै प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१