• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागलुङका खड्क केसीले विदेशको कमाइ स्वदेशमा लगानी गर्दा…..

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार (३ साल अघि)
    Lagani_Invest

    Advertisement

    खेमराज गौतम
    गलकोट ।  बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ ।   ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गर्नुभएको छ । उहाँले माछा, मासु, अण्डा, दूध र तरकारीको उत्पादनलाई आफूले स्थापना गरेको आफूले स्थापना गरेको ‘सिमलचौर एग्रो रिसोर्ट’मा खपत गर्ने लक्ष्यका साथ लगानी विस्तार गर्नुभएको छ ।    सबै युवाहरु विदेश बसेर नहुने जनाउँदै विदेशमा आर्जन गरेको कमाईले आफ्नै जन्मथलोमा आएर लगानी गरेको व्यवसायी केसीले बताउनुभयो । ४९ वर्षीय केसीले आफ्नो आम्दानीलाई सो रिसोर्टमा लगानी गर्नुभएको छ । पाँच रोपनी जग्गाबाट सुरु गर्नुभएको एग्रो रिसोर्ट अहिले ३० रोपनी जग्गामा फैलिएको उहाँको भनाइ छ । “जापानमा राम्रो कमाई थियो, तर आफू जन्मेको माटोमा केही गर्नुपर्दछ भन्ने सोचका साथ नेपाल आउँदासाथ सुरुमै पशुपालनमा लागे, कहिले काठमाडाँै बस्दै आए भने कहिले यही कृषि फार्ममा, पशुपालन राम्रै चलेको थियो, पछि पशुपालनलाई सामूहिक बनाउँदा समस्या आयो, पछि आफैँले मात्रै चलाउन थालेँ”, उहाँले भन्नुभयो, “तीन वर्षदेखि लगानी थप्दै फार्ममा कुखुरा, माछा, अण्डासहित तरकारीसमेत उत्पादन गर्दै आफ्नै रिसोर्टमा खपत गर्ने उद्देश्यले लागनी विस्तार गर्दै आए ।” व्यवसायी केसीले पशु फार्मदेखि एग्रो रिसोर्टसम्म चार करोड लगानी गरिसक्नुभएको छ । उहाँले हालसम्म आर्जन भएको फार्मको रकमले थप लगानी गर्न नपुगेपछि अहिले रिसोर्टका लागि पुनः लगानी थपेर चार करोड बढी पु¥याएको बताउँदै आगमी पाँच वर्षपछि मात्रै नाफा कमाउने उद्देश्यले सङ्घर्ष गरिरहेको जानकारी दिनुभयो । उहाँले कृषि पर्यटनमा नेपालमा राम्रो सम्भावना देखिएको बताउँदै रिसोर्टसम्म पक्की सडक आएकाले आफ्नो रिसोर्ट चल्नेमा ढुक्क भएको जानकारी दिनुभयो ।

    उहाँको सिमलचौर एग्रो रिसोर्टमा दूधका लागि गाई भैँसी, माछा, लोकल प्रजातिको कुखुरा, अण्डा र विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएको छ । रिसोर्टमा उत्पादन भएका कृषि उपजलाई रिसोर्टमै खपत गर्नेगरी एग्रो रिसोर्टको अवधारणा ल्याउनुभएको उहाँले राज्यले कृषकलाई फाइदा पुग्ने नीतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।   “बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चल्दैन, आफ्नै उत्पादन र अग्र्यानिक खानाका परिकार यहाँको मुख्य आकर्षण हो, अब त मध्यपहाडी लोकमार्ग खहरेसम्म कालोपत्र भयो, तल्लो बाटोसमेत सुधार भइसक्यो, बजारबाट चार किलोमिटरमै आउन सकिन्छ हाम्रो रिसोर्टमा”, उहाँले भन्नुभयो, “नेपालमा सम्भावना नभएको हैन तर लगानी सुनिश्चितताको वातावरण छैन, जोखिम मोलेर लगानी गर्न आवश्यक छ, जापानमा गरेको दुःखले धैर्यता सिकाएको छ, आगमी चार पाँच वर्षपछि प्रतिफल आउला भन्नेमा छु, रिसोर्टमा अहिले पाहुनाहरु आउन थालेका छन् ।” अहिले बजार खस्केकाले दैनिक चार हजार अण्डा उत्पादन गर्दै आएकामा अहिले अण्डा उत्पादनलाई घटाएको बताउनुभयो ।

    अहिले रिसोर्टमा एकै रातमा २५ जनासम्म बस्न मिल्ने गरी कोठा बनाइएको छ । यस्तै रेष्टुराँ, बार, तालिम हल र कटेज लगायतका थुप्रै पूर्वाधारहरु निर्माण भइसकेका छन् । परिवारसहित जापानमा व्यवसाय गर्नुभएका केसीलाई गाउँको मायाले फर्काएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै कृषि फार्म र रिसोर्ट सञ्चालनमा ल्याएकाले राजमार्गमा यात्रा गर्ने पर्यटकहरुसमेत यहाँ आउन सक्नेछन् । सानैदेखि गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच भए पनि लगानी अभावमा जापान पुग्नुभएका केसीलाई अहिले एग्रो रिसोर्टले भुलाएको छ । अहिले आफूले रिसोर्ट खोल्दा निकै आनन्द र सन्तुष्टि मिलेको बताउनुभयो ।
    नौ वर्षपहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको पशुपालनलाई अहिले चार करोड बढी लागतमा एग्रो रिसोर्टमा रुपान्तरण गरेको उहाँको भनाइ छ ।

    रिसोर्टमा मौलिक र अग्र्यानिक स्वाद लिन सकिने गरी कृषि उपभोग्य वस्तुहरु उत्पादन गर्दै आउनुभएको छ । उहाँले कृषिसँग जोडिएकाले पशुपालन, तरकारी खेती, दूध, माछा र लोकल कुखुरालगायतको उत्पादनसहित रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो ।

    फार्ममा लोकल र लेयर्स जातका तीन हजार कुखुरा रहेका छन् भने दूधका लागि गाई, भैँसी तथा मासुका लागि बाख्रा, कुखुरा हाँस र माछा पाल्नुभएको छ । “कतिपय एग्रो रिसोर्टले बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चलाएको देखे, हामीले ८० प्रतिशत रिसोर्टमै उत्पादन गरिएको कृषि सामग्रीको परिकार बनाउँछौँ, २० प्रतिशत मात्रै उपभोग्य सामग्री बाहिरबाट ल्याउँछौँ, मौलिक र आफ्नै उत्पादन हाम्रो मुख्य आकर्षण हो”, उहाँले भन्नुभयो, “रिसोर्ट फैलिएको ३० रोपनी जग्गामध्ये १० रोपनी जग्गा भाडामा र अन्य आफ्नै जग्गामा छ ।” अहिले रिसोर्टको प्रचार प्रसार नगरेको जनाउँदै रिसोर्टमा आउने पाहुनाले उपभोग गरेर बाँकी रहेको तरकारी र अण्डा बागलुङ बजारमा बिक्री गर्दै आएको बताउनुभयो । उहाँले रिसोर्टलाई औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको र कोरोनाको प्रभावले ढिलाइ भएको प्रतिक्रिया दिनुभयो ।

    आफू पनि विदेशमा दुःख गरेर फर्किएको र धेरै युवाले गाउँघर छाडिरहेका बेला गाउँमा नै सम्भावना देखेर करोडौँ लगानी गरेको व्यवसायी केसीको भनाइ छ । विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फार्मसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको उहाँ बताउनुहुन्छ । घुमफिर, मौलिक खानपान र शान्त वातावरणमा रमाउन चाहनेलाई बागलुङ बजारदेखि नजिकको गन्तव्य रिसोर्ट बन्न सक्ने उहाँको भनाइ छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution