
काठमाडौं।उपचार सेवा माग गर्दै वीर अस्पताल अगाडि बिरामीहरुले गरे प्रदर्शन गरेका छन् ।
बिरामी र तिनका आफन्तहरुले उपचार सेवा माग गर्दै वीर अस्पताल अगाडिको सडकमा बसेपछि केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।
सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१