
चितवन।पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
‘लालपर्सा र मोहनाको बीचमा भएको घटना हो । त्यो गैैडा आइरहने ठाउँ हो । मर्निङ वाकमा निस्किएका बेला गैंडासँग जम्काभेट हुँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी आएको छ’, उनले भने ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१