
वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १-०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो ।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
स्कारपियोसहित चितवन माडी नगरपालिका- ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१