
विराटनगर।विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो । उनको घाँटी र कानमा चोट पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार र नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए । उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन् ।परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१