
जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका ९ स्थित कञ्चनवनमा आज १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले आपसमा होली खेल्ने भएका छन् । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन ८ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन आइपुग्ने भएको हो ।त्यहाँ बृहत्तर जनकपुर क्षेत्र विकाश परिषद् र भंगहा नगरपालिकाले हरेक वर्ष जस्तै होली महोत्सवको आयोजना गरेको छ ।
आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होलीको शुभारम्भ गर्ने भंगहा नगरपालिकाका मेयर संजीव साहले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१