
काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन् ।ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।
२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१