चितवन।होली पर्वलाई मध्यनजर गरेर आइतबार र सोमबार चितवनको ट्राफिक चेकिङमा कडाइ गरिएको छ ।चितवनमा आज होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । चितवनमा दुई दिन होली मनाइने भएकोले यो चेकिङ भोलिसम्म जारी रहनेछ ।चितवनका विभिन्न ३० ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी राजमार्ग क्षेत्र र भित्रि क्षेत्रमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार होलीको अवसरमा सडक दुर्घटना र झैझगडा कम गर्नको लागि चेकिङलाई बढाइएको हो । ठाउँठाउँमा ट्राफिक प्रहरीका चेक प्वाइन्ट र जनपथ प्रहरीले पनि चेकिङलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चितवनको विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको चितवन ट्राफिक कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्नेलाई कडा सजाय गरिने जनाएको थियो । चितवन प्रहरीका अनुसार लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लंघन गरी लापर्बाहीका साथ सवारी हाँक्ने बाहेक अन्य त्यस्तो अभद्र व्यवहार भएको उजुरी प्रहरीमा आएको छैन । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि चितवन ट्राफिक प्रहरीले थप सक्रियता जनाएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो।
फाइल फोटो
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१