
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो । प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेका छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१